काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी हल बनाउन उपराष्ट्रपतिको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी हल बनाउन उपराष्ट्रपतिको ध्यानाकर्षण

nanda bahadur pun

ललितपुर, २७ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले राजधानी काठमाडौंमा अन्तराष्ट्रिय स्तरको प्रर्दशनी हल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवारदेखि ललितपुरमा सुरु भएको ललित अन्तराष्ट्रिय ब्यापार मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले प्रर्दशनीका लागि हलको व्यवस्था नभएको उल्लेख गर्दै काठमाडौंमा अन्तराष्ट्रिय स्तरको हल बनाउन सरकारको ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनलेभृकुटीमण्डपमा रहेको प्रर्दशनी हल पूरानो भईसक्दा पनि नयाँ प्रर्दशनी हलको व्यवस्था गर्न नसक्नु मुलुकको लागि लाजमर्दो विषय भएको पनि बताए । उनले मुलुकको समृद्धि र विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्ष एकतावद्ध भएर पहल गर्न जरुरी रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरको कला र संस्कृतिलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गरिएको स्पष्ट पारे ।

५ दिनसम्म चल्ने मेलामा ललितपुरका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिएको छ । भारत, चीन, पाकिस्तान, बंगलादेशसहित १ सय भन्दा बढि स्टल रहेको मेलामा करिव ५ लाखले अवलोकन गर्ने र ५ करोड रुपैँया बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);