इजरायलको आम निर्वाचनमा दक्षिणपन्थी लिकुड र ब्ल्यू एन्ड ह्वाइट पार्टी बीच कडा प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

इजरायलको आम निर्वाचनमा दक्षिणपन्थी लिकुड र ब्ल्यू एन्ड ह्वाइट पार्टी बीच कडा प्रतिस्पर्धा

israel pm

काठमाडौं, २७ चैत । इजरायलमा प्रधानमन्त्री चयनका लागि भएको आम निर्वाचनमा दुई पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

मत सर्वेक्षणहरुले कुनै पनि पार्टीले स्पष्ट जित हात पार्ने सम्भावना कम रहेको देखाएका छन् । पूर्व सैन्य प्रमुख बेन्नी गेट्ज नेतृत्वको मध्यमार्गी ब्ल्यू एन्ड ह्वाइट एलाइन्सले ३६ देखि ३७ सिट जित्ने अनुमान गरिएको छ । त्यस्तै, प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी लिकुड पार्टीले ३३ देखि ३६ सिटमा जित हात पार्ने सम्भावना देखिएको छ । अन्य पार्टीले ४७ देखि ५० सिट जित्ने आँकलन छ । दुई ठूला दलले आ–आफ्नो जित भएको दाबी गरेका छन् ।

तर, मत सर्वेक्षणहरुले भने दुवै पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धन सरकार गठन हुने सम्भावना रहेको देखाएका छन् । इजरायलको १ सय २० सदस्यीय संसदमाा सरकार गठनका लागि कम्तिमा ६१ सिट जित्नुपर्छ । लिकुड पार्टीका नेता एवम् प्रधानमन्त्री नेतन्याहूले सरकार गठन गरेमा उहाँ इजरायलका लागि पाँचौं पटक प्रधानमन्त्री बन्नु हुने छ ।