भोलीबाट भारतमा लोकसभा निर्वाचन हुँदै, सात चरणमा सम्पन्न हुने | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

भोलीबाट भारतमा लोकसभा निर्वाचन हुँदै, सात चरणमा सम्पन्न हुने

india chunab prachar

काठमाडौं, २७ चैत । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा विहिवार (भोली) बाट लोकसभा निर्वाचन हुदैछ । भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । ११ अप्रिलबाट शुरूहुने भारतीय लोकसभा निर्वाचन १९ मेमा सम्पन्न हुने छ । लोकसभा निर्वाचन सुरु हुनथालेसंगै भारतको आगामी नेतृत्वका बारेमा अनेक अडकलवाजी सुरु भएको छ ।

विहिवार अर्थात अप्रिल ११ देखि भारतमा लोकसभा निर्वाचन सुरु हुदैछ । आगामी मे १९ सम्म सात चरणमा सम्पन्न हुने भारतीय लोकसभा निर्वाचन सुरु हुनथालेसंगै विश्वको सवैभन्दा ठूलो लोकतान्त्रिक मूलुक भारतको आगामी नेतृत्वको बारेमा अनेक अडकलवाजी सुरु भएको छ । चुनावका लागि सत्तारुढ दलदेखि लिएर नाममात्रका स–साना दलहरु पनि चुनावी मैदानमा होमिएका छन् ।

आम निर्वाचन भएकै कारण पनि सवै दलहरुले आफ्नो शक्ति प्रदर्शनलाई तीव्रता दिएका थिए । चुनाव सम्मुखमा रहँदा उनीहरुका गतिविधिले अहिले भारतीय राजनीतिकवृत्त तरंगित बनेको छ । विश्वकै सवैभन्दा ठूलो लोकतान्त्रिक मुलक भारतमा चुनावका लागि पनि ठूलो संख्यामा दल दर्ता भएका छन । भारतीय निर्वाचन आयोगका अनुसार भारतमा आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या २ हजार २ सय ९३ रहेको छ । लोकसभा निर्वाचनका लागि भारतले मंगलबार वेलुकादेखिनै सिमा बन्द गरिसकेको छ । भारतीय निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । भारतमा आम निर्वाचन आउन लागेका बेला विभिन्न राजनीतिक फण्डाबाजी र अरु अनेक चर्तिकला हुने गर्दछन ।

यसपालीको लोकसभाको निर्वाचनका लागिपनि चौकिदार फण्डाले निकै चर्चा पाएको छ । भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीले सुरु गरेको मै भि चौकिदार अभियान अन्तरगत उक्त पार्टीका सवैजसो नेताहरुले आफ्नो नामको अगाडी चौकिदार शव्द जोडेका छन । ला प्रधानमन्त्री नरेन्द्र मोदीसहित बीजेपीका अरु शीर्षस्थ नेताहरुले आफ्नो ट्विर हेण्डलमा आफ्नो नामको अगाडी चौकिदारको उपनाम झुण्ड्याएका छन् । यससँगै ट्विटर हेण्डलमा उनीहरुको नाम चौकिदार नरेन्द्र मोदी, चौकिदार अमित शाह, चौकिदार जेपी नड्डा, चौकिदार पियुस गोयल, चौकिदार स्मृती इरानी हुन पुगेको छ । उता विपक्षी दल काँग्रेसले भने बीजेपीको फण्डालाई काउण्टर गर्नका लागि ‘चौकिदार चोर हैं’ अर्थात् चौकिदार चोर हुन् भन्ने अर्को फण्डा शुरु गरेको थियो ।

सरकार तथा सत्तारुढ बीजेपी भ्रष्टाचार लगायत अनेक प्रकरणमा फसेका कारण आफूलाई चौकिदार भन्ने सरकारको विश्वास गर्न नसकिने भन्दै चौकिदार चोर हुन् भन्ने अभियान शुरु गरिएको काँग्रेसको बताएको थियो । विभिन्न फण्डावाजी तथा एकअर्को पार्टीलाई आरोप प्रत्यारोपका बिच विहिवारबाट सुरु हुने भारतीय लोकसभाको निर्वाचनबाट भारतमा कुन दलको उपस्थिति बलियो वन्ला भन्ने विषयलाई चासोका साथ हेरिएको छ । चुनावका मिति नजिकिदै जादा पार्टी परीवर्तनको भारतमा लहरनै चलेको थियो । त्यसका साथै कला क्षेत्रमा प्रभुत्व जमाएका कलाकारलाई चुनावी अभियानमा सामेल गर्ने होडपनि निकै चलेको थियो । लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनाता पार्टी, भारतीय काँग्रेस, बहुजन समाज पार्टी लगायत प्रभावशाी मानिएका दलहरु तथा अन्य नाममात्रका भरोसा पार्टी, सबसे बडी पार्टी, राष्ट्रिय साफ नीति सहित २ हजार २ सय ९३ पार्टी सहभागी भएका छन् ।

एक अर्को पार्टीलाई आरोप प्रत्यारोप तथा विभिन्न फण्डावाजीका विच चुनावमा कुन दल सबैभन्दा ठूलो बनेर उदाउला ? सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीले कस्तो प्रदर्शन गर्ला ? चुनावपछि विपक्षी काँग्रेस पार्टीको अवस्था कस्तो रहला ? तथा अन्य क्षेत्रीय दलहरुको प्रभूत्व रहला कि नरहला ? चुनवी नतिजा आफ्नो पक्षमा पार्नकै लागि आफ्नो नामको अगाडी चौकीदार थपेका विजेपीका नेताहरुको चुनावी नतिजा कस्तो आउला ? चुनावअघि यस्ता अनेक प्रश्न उव्जिएको छ । यी सवै प्रश्नको उत्तर पाउनका लागि भने चुनावी नतिजा कुनुपर्ने छ ।

ताजा समाचार