माल्दिभ्स निर्वाचन: राष्ट्रपति सोलिहको पार्टीलाई बहुमत, ८७ सिटमा ६० भन्दा बढि विजयी प्राप्त | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

माल्दिभ्स निर्वाचन: राष्ट्रपति सोलिहको पार्टीलाई बहुमत, ८७ सिटमा ६० भन्दा बढि विजयी प्राप्त

maldev rastrapati

काठमाडौं, २४ चैत । माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको पार्टीले बहुमत प्राप्त गरेको छ ।

संसदका ८७ सिटका लागि भएको मतदानमा ६० भन्दा बढी सिट राष्ट्रपति सोलिहको द माल्दीभीयन डेमोक्र्याटिक पार्टीले जितेको हो । संसदीय चुनावमा पार्टीले भारी बहुमत प्राप्त गरेपछि पूर्व राष्ट्रपति एवम् पार्टीका संस्थापक नेता मोहमद नासिद पनि स्वदेश फर्किने भएका छन । उनी केही वर्षदेखि निर्वासित जीवनमा थिए ।

आफ्नो पार्टीले अभूतपूर्व मत प्राप्त गरेपछि पूर्व राष्ट्रपति नासिदले अब मुलुकमा प्रजातन्त्रलाई मजबुद बनाउने लामो बाटो तय गर्ने प्रतिक्रिया दिएका छन । नासिद माल्दिभ्सको पहिलो जननिर्वाचित राष्ट्रपति थिए । माल्दिभियन डेमोक्र्याटिक पार्टीले न्यापालिकामा सुधार तथा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएको थियो ।