फेरी समातियो ६ किलो सुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

फेरी समातियो ६ किलो सुन

sun gold

काठमाडौं, २२ चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध सुन नेपाल भित्र्याउन भारतीय महीलाको प्रयोग हुने गरेको खुलेको छ । करिब ६ किलो सुनसहित ४ जना महिला विहीबार पक्राउ परेसँगै तस्करले अपनाएको नयाँ तरीका बाहीर आएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

पक्राउ पर्नेमा बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिता रहेका छन् । उनीहरुको साथबाट भेटिएको धातुमध्ये ४ सय ९७ ग्राम सुन भएको पुष्टि भइसकेको र बाँकी सुनजस्तै पहेलो धातुको परीक्षण भइरहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ । बैककबाट काठमाडौं आएको ५ किलो ४ सय ग्राम सुन सहित भारतीय महिला पक्राउ परेका हुन ।

विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भण्डारीले समाचारपत्रलाई दिएको जानकारी अनुसार गहनाको स्वरूपमा लेप लगाएको अवस्थामा भित्र्याइएको उक्त सुन बरामद गरिएको हो ।

पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);