अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाद्वारा राजीनामाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाद्वारा राजीनामाको घोषणा

algeria-rastrapati

अल्जेरिया, २० चैत । आफ्नो सरकारविरुद्ध प्रदर्शन बढ्दै गएपछि अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले राजीनामाको घोषणा गरेका छन् ।

आफूविरुद्ध व्यापक प्रदर्शन, जनस्तरबाट विरोध तथा सेनाले पनि विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिएपछि उनले राजीनामाको घोषणा गरेका हुन् । केही सातादेखि उनी विरद्ध प्रर्दर्शन हुँदै आएको थियो । विगत दुई दशकदेखि सत्तामा रहँदै आएका उनी यसपटक चुनाव नलड्ने र यही अप्रिल २८ तारेखका दिन आफ्नो कार्यकाल सकिएपछि पद छोड्न सहमत भएपनि प्रदर्शनकारीहरुले भने उनले तत्कालै पद छोड्नुपर्ने बताउँदै आएका थिए ।

यसअघि उनले आफ्नो सरकार पुनर्गठन गरेको समाचार सार्वजनिक भएको थियो । समाचारमा उनले हाल सरकारमा रहेका २७ मध्ये २१ मन्त्रीलाई पदबाट हटाएर नयाँ ‘कामचलाउ’ सरकार गठन गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका थिए । बोटेफ्लिका सन् १९९९ यता अल्जेरियाको सत्तामा छन् । यसअघि ८२ वर्षे बोटेफ्लिकाले आफ्नो पाचौँ कार्यकालका लागि आगामी अप्रिल १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएपछि उनीविरुद्ध व्यापक आन्दोलन शुरु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);