पाँच न्यायाधीश सिफारिसको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

पाँच न्यायाधीश सिफारिसको तयारी

adalat

काठमाडौं, १९ चैत । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त फाँच न्यायाधीश नियुक्तिको तयारी गरेको छ । नियुत्ति सिफारिसका लागि मंगलबार बिहान ८ बजे न्यायपरिषद् बैठक डाकिएको छ । परिषद् स्रोतका अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस गर्ने तयारी छ ।

स्रोतका अनुसार उच्च अदालतबाट दुई न्यायाधीश सिफारिसका लागि चार जनाको नाम चर्चामा छ । उच्च अदालतका मुख्य न्यायाधीशहरू प्रकाश ढुंगाना, कुमार चूडाल र न्यायाधीश सूक्ष्मलता माथेमामध्ये दुई जना सिफारिसमा पर्नेछन् । माथेमा र चूडालको नाम बढी चर्चामा छ । यसअघि उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा दाबेदार माथेमालाई तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले ‘अन्यायपूर्वक’ रोकेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अदालतबाट दुई न्यायाधीश नियुक्तिपछि बाँकी तीन पदमा प्रगतिशील खेमाबाट दुई र लोकतान्क्रिक खेमाबाट एक जना न्यायाधीश नियुत्त हुने ‘अघोषित’ सहमति भएको परिषद् स्रोतले बतायो । जसअनुसार प्रगतिशीलमा तत्कालीन माओवादी खेमाबाट एक र तत्कालीन एमाले खेमाबाट एक जनालाई नियुक्ति गर्ने तयारी छ । तत्कालीन माओवादीको खेमाबाट न्यायपरिषद्कै सदस्य पदम वैदिक चर्चामा छन् ।

उनको नियुक्तिका लागि पदबाट राजीनामा दिनुपर्ने सर्त एकथरीको छ । ‘खल्तीमा राजीनामा बोकेर हिँडेका’ उनी भने नियुक्तिको सुनिश्चिततापछि मात्रै राजीनामा दिने मनस्थितिमा रहेको स्रोतले बतायो । प्रगतिशील समूहकै केही कानुन व्यवसायीका अनुसार तत्कालीन माओवादीनिकट कानुन व्यवसायीको दुई समूहमध्ये एउटा समूह वैदिकको पक्षमा छ भने अर्को विपक्षमा छ

। ‘मतान्तर भयो भने उनीहरूको ठाऊँमा अर्कै व्यक्ति नियुत्तिको सम्भावनासमेत छ,’ स्रोतले भन्यो । यसअघि दामोदर शर्मा प्रधानन्यायाधीश, उपेन्द्रकेशरी न्यौपाने न्यायपरिषद् सदस्य भएका बेलासमेत वैदिकलाई सर्वोच्च अदालतमा लैजाने तयारी भएको थियो ।

प्रगतिशीलतर्फकै अर्को एक सिटमा अधिवक्ता हरि फुयाल चर्चामा छन् । उनको नियुक्ति करिब ‘सुनिश्चित’ रहेको स्रोतले बतायो । उनी सपना प्रधान मल्लपछिको प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् । न्यायपरिषद्कै केही सदस्यले भने उनीसँग अझै पर्याप्त उमेरको सीमा र समय भएकाले ‘हतार गर्न नहुने’ सुझावसमेत दिएको स्रोतले बतायो । नेकपाभित्र कुरा नमिले सम्भावित व्यक्तिको रूपमा विजयकान्त मैनालीबारेसमेत छलफल भएको
स्रोतले बतायो ।

परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा लोकतान्त्रिक समूहबाट कुमार रेग्मीलाई सिफारिस गर्ने चर्चा छ । उनी नियुक्त भए एकरडेढ वर्षका लागि प्रधानन्यायाधीश हुनेछन् । उनीसँगै अर्का गोपालकृष्ण घिमिरे चर्चामा रहे पनि सम्भावना कम रहेको स्रोतले बतायो ।

सर्वोच्च अदालत स्रोतका अनुसार वरिष्ठता निर्धारण गर्दा उच्च अदालतका केहीसहित न्यायपरिषद्को सदस्य रहेकाले वैदिकको नाम अगाडि सिफारिस गर्ने छलफल चलेको थियो । त्यसपछि प्रधानन्यायाधीश हुने गरी कुमार रेग्मी र हरि फुयालको नाम सिफारिस हुन सक्ने स्रोतले बतायो । अब सिफारिस भए करिब २०९० सालसम्म न्यायालय नेतृत्वको नाम ‘मोटामोटी’ तय हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);