आईपीएल : हैदराबादको पहिलो जित, राजस्थान ५ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

आईपीएल : हैदराबादको पहिलो जित, राजस्थान ५ विकेटले पराजित

sunrisers vs rajasthan

एजेन्सी, १६ चैत । इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबादले दोस्रो खेलमा पहिलो जित निकालेको छ । घरेलु मैदान राजीव गान्धी अन्तर्रा्ष्ट्रिय रंगशाला हैदराबादमा भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले हरायो ।

१ सय ९९ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । हैदराबादका लागि ओपनरहरु डेभिड वार्नर र जेनी बेरिस्टोले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए ।

वार्नरले ३७ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाउँदा २८ बल खेलेका बेरिस्टोले ६ चौका र १ छक्काको साथमा ४५ रन बनाए ।कप्तान केन विलियम्सले १४ रनमात्र बनाउन सके । चौथो नम्बरमा ब्याटिङमा आएका विजय शंकर १५ बलमा १ चौका र ३ छक्कासहित ३५ रन बनाएर आउट भए । युसुफ पठानले १६ र रशिद खानले १५ अविजित रन बनाएपछि हैदराबादले १ ओभरअघि नै खेल जितेको हो ।

राजस्थानका लागि भने यो लगातार दोस्रो हार हो । यसअघि राजस्थानले किंग्स ११ पन्जावसँग पराजय ब्यहोरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);