काठमाडौं, १५ चैत । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आजको खेल सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच हुनेछ ।
नेपाली समय अनुसार आज साँझ सवा ८ बजेदेखि सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच खेल हुनेछ । दुवै टोलीले यसअघि एक खेल खेलेका छन् र दुवैले पहिलो खेलमा पराजय ब्यहोरेका छन् । यी दुईको खेल हैदराबादमा हुनेछ । पहिलो खेलमा हैदराबाद कोलकातासँग उसकै मैदानमा १ सय ८१ रन बनाएर पनि ६ विकेटले हार्नु परेको थियो ।
यसअघि, हिजो भएको खेलमा भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इण्डियन्ससँग ६ रनको पराजय ब्यहोरेको थियो । बैंग्लोरको यो लगातार दोस्रो हार हो । मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रनमात्र बनायो ।