ब्रेक्जिट डिलमा कन्जरभेटिभ पार्टीका सांसदहरुको समर्थन भए टेरिजा मे सत्ता छाड्न तयार | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

ब्रेक्जिट डिलमा कन्जरभेटिभ पार्टीका सांसदहरुको समर्थन भए टेरिजा मे सत्ता छाड्न तयार

terija me

काठमाडौं, १४ चैत । बेलायती प्रधानमन्त्री टेरिजा मेले युरोपियन यूनियनबाट अलग हुने ब्रेक्जिट डिलमा कन्जरभेटिभ पार्टीका सांसदहरुले समर्थन गरे सत्ता छोड्न तयार रहेको बताएकी छन् ।

ब्रेक्जिट प्लानका ८ संभावित विकल्पमा भएको मतदानमा हाउस अफ कमन्समा कुनै पनि विषयमा बहुमत प्राप्त नभएपछि प्रधानमन्त्री मेले यस्तो घोषणा गरेकी हुन् । उनले देश र पार्टीका लागि सही काम गर्ने मौका दिन आफू पूर्व निर्धारित उदेश्यभन्दा पहिले नै पद छाड्न तयार रहेको बताएकी हुन् ।

बे्रक्जिट डिललाई कुनै पनि हालतमा सफल बनाउन उनले कन्जरभेटिभ पार्टीका सांसदहरुलाई आग्रह गरिन् । यद्यपी, प्रधानमन्त्री मेले पद छाड्ने मितिको बारेमा भने केही उल्लेख गरेकी छैनन् ।