सरकारको गतिविधिले खतराको घण्टी बज्न थाल्याे : शशांक कोईराला | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८१, शनिबार

सरकारको गतिविधिले खतराको घण्टी बज्न थाल्याे : शशांक कोईराला

बाँके, ११ चैत । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले बर्तमान सरकारको गतिविधिले खतराको घण्टी बज्न थालेको बताएका छन् ।

नेपाली कांग्रेस विपी. स्मृति भवन बाँकेको उद्घाटन तथा कार्यकर्ता भेटघाटमा बोल्दै महामन्त्री कोइरालाले सरकार सम्पूर्ण अधिकार आफैमा सिमित गर्दै अधिनायकवाद तर्फ उन्मुख भइरहेको बताए । उनले सरकारका गतिविधिले खतराको घण्टि बज्न थालेको भन्दै त्यसलाई रोक्न कांग्रेसले जोरदार आवाज उठाउनुपर्ने बताए ।

उनले कांग्रेस एकताबद्ध भएर उभिसकेको दावी गर्दै अव कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, किशोरसिंह राठौर, बद्रि पाण्डे तथा कल्यान गुरुङ पनि सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);