राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरु आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरु आन्दोलित

काठमाडौं, ११ चैत । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारीहरु आन्दोलित भएका छन् । खाइपाई आएको सेवा सुविधा कटौती गरेर प्राधिकरणले अन्याय गरेको भन्दै उनीहरुले सोमबार राजधानीमा विरोध प्रदर्शन गरे ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत रहेर भुकम्प प्रभावित क्षेत्रमा कार्यरत प्राविधिक कर्मचारीहरु अहिले आन्दोलित छन् । विगतका वर्षमा पाएको प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, यातायात भत्ता गत साउन महिनादेखि कटौति भएपछि प्राविधिक कर्मचारीहरु सडक आन्दोलनमा उत्रिएका हुन् ।

आफूहरुले गर्दै आएको कामको स्थायित्व र निरन्तरता, स्वास्थ्य विमा लागु गर्न तथा हरेक स्थानीय तहमा कार्यालय स्थापना गरिनु पर्ने माग उनीहरुले राखेका छन् ।

प्राधिकरणमा कार्यरत कर्मचारीहरुले करार संझौता अनुसार भौगोलिक क्षेत्रको आधारमा नेपाल सरकारले तोकेको तलव रकम बाहेक तलबको ३५ देखि ७० प्रतिशत सम्म विशेष भत्ता लिंदै आएका थिए ।

सरकारले कर्मचारीलाई दिंइदै आएको विशेष भत्ता कुनै पनि निकायका कर्मचारीलाई नदिने भन्ने सरकारी निर्णय अनुसार नै भत्ता कटौति भएको प्राधिकरणको भनाई छ । कर्मचारीको सुविधाको लागि प्राधिकरणले सरोकारवाला निकायमा पत्राचार गरिरहेको बेला कर्मचारीले आन्दोलन गरेको भन्दै प्राधिकरणका प्रवक्ता मनोहर घिमिरेले आन्दोलन रोकी काममा फर्कन आग्रह गरे ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत भुकम्प प्रभावित ३२ जिल्लाका लागि झण्डै तीन हजार प्राविधिक कर्मचारी कार्यरत छन् । स्थानीय तहमा रहेर पुननिर्माणमा काम गर्ने गरी प्राधिकरणले उनीहरुलाई करारमा लिएको हो । २०७२ सालमा गएको विनाशकारी भुकम्पले भौतिक संरचनामा क्षेति पु-याएपछि सरकारले इन्जिनियर तथा प्राविधिकलाई करारमा रोजगार दिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);