आधुनिक क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्री यादवको घोषणा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

आधुनिक क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्री यादवको घोषणा

swasthya mantri yadav

काठमाडौं, १० चैत । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग निको पार्न छुट्टै आधुनिक क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । उपप्रधानमन्त्री यादवले क्षयरोग लाग्न नदिन आवश्यक जनचेतना फैलाउन प्रदेश र स्थानीय तहमा आवश्यक स्वास्थ्य संस्थाहरुको स्थापना गर्न सरकार लागेको बताए ।

विश्व क्षयरोग दिवसको अवसर पारेर आईतबार राष्ट्रिय क्षयरोग केन्द्रले भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले पीछडिएका जनतामा जनचेतना अभिवृद्धि गरेर मात्रै क्षयरोगबाट हुने मानवीय क्षतिलाई न्यूनिकरण गर्न सकिने उल्लेख गरे ।

उपप्रधानमन्त्री यादवले क्षयरोग बेलैमा उपचार गरे निको हुने रोग भएकाले यसको समयमै उपचार गर्न पनि सर्वसाधारणलाई आग्रह गरे ।