युरोपियन युनियनबाट बाहिरिने विषयमा बेलायती संसद अगाडि प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युरोपियन युनियनबाट बाहिरिने विषयमा बेलायती संसद अगाडि प्रदर्शन

uk

काठमाडौं, १० चैत । युरोपियन युनियनबाट बाहिरिने विषयमा पुनः जनमत संग्रहको माग गर्दै बेलायतको लन्डनमा प्रदर्शन भएको छ ।

युरोपियन युनियनबाट बाहिरिनु हुन्न भन्ने समूहले बेलायती संसद् भवन अगाडि गरेको प्रदर्शनमा हजारौं सहभागी थिए । प्रदर्शनमा सहभागी भएकाहरुले अर्को जनमत संग्रहको माग गरेका छन् । ईयूबाट बेलायतको बहिर्गमन हुन हुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए । उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक अन्योलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दाबीसहित यस विषयमा पुनः जनमत संग्रहको माग गरेका छन् ।

प्रदर्शनपछि बेलायती संसद्को बाहिरी क्षेत्रमा भेला भएकाहरुलाई स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लण्डनका नगर प्रमुख सादिक खान, प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेताहरुले ब्रेक्जिटको विपक्षमा भएको बृहद जनप्रदर्शन ऐतिहासिक भएको र यसले उठाएको माग सम्बोधन गर्नु पर्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);