मेस्सीको कमब्याक खेलमा अर्जेन्टिना पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

मेस्सीको कमब्याक खेलमा अर्जेन्टिना पराजित

messi comeback game

एजेन्सी, ९ चैत । स्टार खेलाडी लियोनल मेस्सीको कमब्याक खेलका रुपमा रहेको मैत्रीपुर्ण खेलमा अर्जेन्टिना भेनेजुयलासँग तीन एकले पराजित भएको छ ।

आज विहान भएको खेलमा मेस्सीको टिम अर्जेन्टिनाविरुद्ध भेनेजुयलाले उत्कृष्ट खेल पस्कियो । खेलको छैटौं मिनेटमा नै रोनडोनको गोल मार्फत भेनेजुयलाले अग्रता बनाएको थियो । त्यसपछि ४४ औं मिनेटमा मुरील्लोले गोल गर्दै अर्जेन्टिना विरुद्ध टिमलाई दुई शुन्यले अगाडी राखे ।

पहिलो हाफमा दुई गोलले पछि परेकोे अर्जेन्टिनाले ५९ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । तर ७५ औं मिनेटमा मार्टिनेजले पेनाल्टी मार्फत गोल गर्दै भेनेजुयललाई तीन एकको जित दिलाए । रसिया विश्वकप पछि टिममा फर्किएका मेस्सीका लागि कमब्याक खेल निकै खल्लो बनेको छ ।

ताजा समाचार