काठमाडौं, ७ चैत । अहिले दुई तिहाई बहुमत प्राप्त सरकार छ । नेपाल कम्युनिष्ट पार्टी सत्तारुण दल हो र त्यसको एक जना अध्यक्ष प्रधानमन्त्री छन् र अर्का अध्यक्षले पार्टी संचालन गरिरहेका छन् । सरकार गठन भएको १ वर्ष पूरा भईसकेको छ । यो एक वर्षको अवधिमा सरकारले राम्रो काम गर्न सकेन, सुशासन दिन सकेन, भ्रष्टाचार नियन्त्रण गर्न सकेन र शान्ति सुरक्षा पनि दिन सकेन भनेर नेकपा भित्रैबाट र बाहिरबाट प्रश्नहरु उठेका छन् । तर अहिले वर्ष दिन नाघीसके पछि अहिले सरकारको विकल्पको बारेमा र सरकारलाई हटाउने स्तरमा पनि प्रश्न गर्न थालिएको छ । राष्ट्रिय अखण्डता रक्षा एवंम भ्रष्टाचार अन्त्यको लागि नागरिक आन्दोलन घोषणा सभा को योजना हुदै छ । अभियन्ताहरुले सरकारमाथि प्रश्नमात्रै गरिरहेका छैनन्, सरकारकै विकल्प पनि सोच्न थालेका छन् । सरकारको विकल्प खोज्नु भनेको के अब हामी अस्थिरता तर्फ जाँदै छौ ? सीके संग सम्झौताको अर्थ के हो ? के नेपालमा इशाइ धर्मको प्रवद्र्धन भइरहेको छ ? के यो ब्यवस्था परिवर्तन हुदैछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीसंग गरेको कुराकानी हेर्नुहोस् :
प्रचण्डलाई अमेरिकाले स्विकार्यो, ओलीको दिनगन्ती सुरु, अब अन्तरिम सरकार बन्छ : डा. सुरेन्द्र भण्डारी (भिडियोसहित)
ताजा समाचार
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
४ घन्टा अघि