प्रधानमन्त्री ओलीले त्रिशूली ‘बी’ को शेयर गरे खरीद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओलीले त्रिशूली ‘बी’ को शेयर गरे खरीद

Nepal's Prime Minister Khadga Prasad Sharma Oli

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिए । उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका हुन् ।

आवेदन दिए लगत्तै प्रधानमन्त्रीले नेपाल उर्जाको विश्व प्रसिद्ध रुपमा धनी देश भएपनी पानीको सदुपयोग हुन नसकेको अवस्थामा प्रारंभिक प्रयोगात्मक रुपमा अगाडी बढाएको बताए । उनले आफ्नो देश आफै बनाउने अभ्यास गरेर मात्र देशमा समृद्धि आउने भन्दै सरकारको यो कार्यक्रममा सबैले लगानी गरी सफल बनाउनु पर्ने बताए ।

सर्वसाधारण सबैले कम्तिमा १०० कित्ता र बढिमा १००० कित्ता सम्म सेयर आवेदन दिन पाउने छन् भने सुरुमा आवेदन दिएको सेयरको १० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ । बाँकि रकम ५० प्रतिशत काम सम्पन्न भए पछी दिने व्यवस्था गरीएको छ ।

यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ । नेपालको पानी जनताको लगानी हरेक नेपाली विद्युतको शेयरधनीको नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);