आज गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस, निडर र दुरदर्शि प्रेरणा | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

आज गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस, निडर र दुरदर्शि प्रेरणा

girija prashad kairala

काठमाडौं, ७ चैत । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली कांग्रेस तथा अन्य विभिन्न संघसंस्थाले उनको स्मृतिमा देशका विभिन्न स्थानमा र विदेशमा रहेका नेपालीहरुले पनि विधिध कार्यक्रम गरी मनाउदै छन् । निडर र दुरदर्शि नेताका रूपमा चिनिने ‘गिरिजाबाबु’ को २०६६ साल चैत ७ गते निधन भएको थियो । वि.स. १९८१ मा कोइरालाको जन्म भएको थियो ।

विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट नेपाली राजनीतिको नेतृत्व गरेका गिरिजाप्रसादको नेतृत्वमै २०६२–६३ को आन्दोलन सफल भएको थियो । १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाबाबुले नै गरेका थिए । संवैधानिक राजतन्त्रको पक्षमा रहेको काँग्रेस पार्टीलाई उनी पार्टी सभापति हुँदा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);