रवीन्द्र अधिकारी सवार होलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्स सहभागी | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

रवीन्द्र अधिकारी सवार होलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्स सहभागी

rabindra adhikari accident

काठमाडौं, ७ चैत । गत १५ फागुनमा ताप्लेजुङको तारेढुंगा सिस्नेभिरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जानको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्सको दुर्घटना जाँच एजेन्सीले पनि सहभागी हुने चासो व्यक्त गरेको छ ।

हेलिकोप्टर दुर्घटनाबारे गठित आयोगलाई हेलिकोप्टर निर्माता कम्पनी एयरबस (युरोकोप्टर) रहेको देश फ्रान्सको दुर्घटना जाँच ऐजेन्सी (ब्युरो अफ इन्क्वाइरी एन्ड एनलाइसिस फर सिभिल एभिएसन सेफ्टी) ले पनि दुर्घटनाको अनुसन्धानमा सहभागी हुन चासो व्यक्त गरेको हो । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।

ताजा समाचार