फुटबलकी ‘हिरा’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

फुटबलकी ‘हिरा’

hira kumari bhujel

काठमाडौं, ५ चैत । उनी कहिलेकाहीँ फुटबल खेल्थिन् तर केटाहरुसँग । गाउँमा फुटबल खेल्ने केटी अरु थिएनन् । बजार (कटारी) मा भने केटीहरु फुटबल खेल्छन् भन्ने उनले सुनेकी थिइन् । तिनैसँग प्रतिस्पर्धा गर्न उनले केटीको छुट्टै टिम बनाउने सोचिन् ।

गाउँका केटी जम्मा पारिन् । उदयपुर, भोर्लेस्थित सरस्वती माविको मैदानमा नियमित अभ्यास चल्न थाल्यो । त्यस बेला १४ वर्षकी हिराकुमारी भुजेल आफै साथीहरुलाई खेल्न सिकाउँथिन् ।

‘छोरी मान्छे पनि फुटबल खेल्ने रु लाज हुँदैन् रु’ धेरैले उनालई भन्थ्ये । ‘भागेर, लुकेर भएर पनि केटाहरुसँगै खेलिरहेँ,’ उनले सुनाइन् । हिराले भोर्लेमा २०(२२ जना केटी तयार पारे पनि बल थिएन् । ‘स्कुलमा ब्लाडर फुटेको बलको छाला थियो । ३५ रुपैयाँ जम्मा पारेर ब्लाडर किन्यौँ र बल तयार पारेर खेल्न थाल्यौँ,’ उनले सम्झिइन् । यो समाचार कान्तिपुर दैनिकमा लेखेका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);