पोखरा, २ चैत । पोखरामा निर्माणधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिले धमाधम रुपमा भइरहेको छ । अहिले सम्म विमानस्थल निमार्णको काम ३० प्रतिशत सकिएको प्रोजेक्ट म्यानेजर विनेश मुनानकर्मीले जानकारी दिए । सन् २०२१ जुलाई १० सम्म सक्ने लक्ष्य रहेको प्रोजेक्ट म्यानेजर मुनानकर्मीको भनाई छ ।
२०३२ सालबाट विमानस्थल निर्माणको लागि अधिकरण गरिएको जग्गाको मुआब्जामा मात्रै अहिलेसम्म ३ अर्व ५० करोड खर्च भएको छ । यस्तै २५ सय मिटर हुने रनवे ४५ मिटर चौडाईको हुने छ ।
तीन तहमा निर्माण हुने रनवेको काम २ तहको सतप्रतिशत सकिएको छ । माथिल्लो तहको ६० प्रतिशत काम सकिएको बताइएको छ । चैतको अन्तिम सम्म रनवेको काम सकिने बताइएको छ । सो रनवेमा चैतको अन्तिमबाट आपतकालिन अबस्थामा विमान ल्याण्ड गर्न सक्ने छ ।
अहिले हेंकर, टयाक्सी वेको काम भइरहेको छ भने एप्रोन निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । विमानस्थल निर्माणसंगै चारवटा एयरलाइन्सले वेस पोखरा बनाउने भनेर पत्र समेत आइसकेको बताइएको छ ।
एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निर्ब्याजी ऋणमा विमानस्थल निर्माण हुन लागेको हो । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार ‘फोर डी’ विमानस्थल बन्ने छ ।
अन्तर्रा्िष्ट्रय उड्डयनका लागि आइकाओको मापदण्ड अनुसार फोर डी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।
यसैबीच प्रतिनिधि सभाका सांसद पदम गिरीले निर्माणाधिन विमानस्थल अबलोकनपछि आफुले सोचे भन्दा पनि छिटो काम भएको भन्दै यहि गतिमा काम गर्नको लागि आग्रह गरेका छन् ।




