मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्रीको आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्रीको आह्वान

ishor pokharel

काठमाडौं, ३० फागुन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सबैलाई आह्वान गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले कृषि, उद्योग, पर्यटन, उर्जा र पूर्वाधारको विकास गरेर मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक नीति बनाउनुपर्नेमा पनि जोड दिए । मुलुकको समृद्धिको आधारको पहिचान गर्ने काम सरकारले गरिसकेको उल्लेख गर्दै सोही अनुसारको नीति बनाएर सम्बन्धित सबै पक्ष अघि बढनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

बिहीबार ‘विज्ञान, प्रविधि तथा नव प्रवर्तन नीति, २०७५’ को मस्यौदामाथि सुझाव दिन ललितपुरमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले वैज्ञानिकहरुले पनि मुलुकको राष्ट्रिय आवश्यक्तालाई हेरेर सोही अनुसार अनुसन्धानको कामलाई अघि बढाउनुपर्ने जरुरी रहेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारामाथि केन्द्रित भएर मुलुकमा प्रविधि भित्र्याउने गरी आवश्यक नीति बनाउन पनि सम्बन्धित निकायलाई सचेत गराए ।