रविन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

रविन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव पारित

rabindra-adhikari

काठमाडौं, ३० फागुन । संघीय संसदको विकास तथा प्रविधि समितिले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले समितिका पूर्व सभापति समेत रहेका मन्त्री अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले मन्त्री अधिकारीसहित सो हेलिकप्टर दुर्घटनामा परी निधन भएका अन्य ६ जनाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो ।

गत फागुन १५ गते ताल्लेजुङको पाथीभरा मन्दिरमा दर्शन गरी काठमाडौं फर्कने क्रममा मन्त्री अधिकारीसहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । त्यसयता पहिलो पटक बसेको समितिको बैठकले पूर्व सभापति समेत रहेका मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्।

समितिले मन्त्री अधिकारीले समितिको सभापतिको रुपमा मुलुकको विकास निर्माणको काममा देखाएको सक्रियता, पहलकदमी र अग्रसरताका लागि कृतज्ञता पनि ज्ञापन गरेको छ ।