कक्षा ८ का एक हजार विद्यार्थी यस वर्ष परीक्षा दिनबाट बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कक्षा ८ का एक हजार विद्यार्थी यस वर्ष परीक्षा दिनबाट बञ्चित

book student

काठमाडौं, २७ फागुन । परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम वेवास्ता गरेपछि कक्षा ८ का विद्यार्थी यसवर्षको परीक्षा दिनबाट बञ्चित भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ।

काठमाडौं महानगरपालिकाले गत वर्षदेखि उक्त परीक्षाको आवेदन अनलाइनबाट भर्नु पर्ने नियम बनाएको थियो । तर २० वटा संस्थागत विद्यालयले त्यसमा अटेरी गरेकाले करिब एक हजार विद्यार्थी परीक्षा दिन नपाउने भएका हुन् । जबकि कामपा शिक्षा विभागले परिपत्र गर्दै गत माघमा फारम भर्ने समय तोकेको थियो । त्यसपछि पनि पटक पटक निर्देशन दिएको थियो । विभागले यही फागुन ७ देखि १२ गतेसम्म पुनः म्याद दिएको थियो ।

कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले फारम नभर्ने विद्यालयमाथि कारबाही हुने चेतावनी दिनुभयो । सम्भवत् विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने प्रधानाध्यपकमाथि कारबाही हुने उनले संकेत गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);