इलाम, २६ फागुन । आइतबारदेखि इलाममा माइभ्याली फूटवल प्रतियोगिता सुरु भएको छ । पाँचौ संस्करणको माईभ्याली आमन्त्रण फूटवलको उद्घाटन गर्ने क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई खेलकुदको राजधानीका रुपमा बिकास गरिने बताए ।
मुख्यमन्त्री राईले प्रदेश १ को खेलकुद क्षेत्रको बिकासका लागि महत्व दिइने उल्लेख गरे । उनले खेलकूद मानिसको जीवनमा महत्वपूर्ण रहेको समेत बताए ।
प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिमको सहभागिता रहेको छ ।