सिन्धुलीमा बजेट खर्च ३६ प्रतिशत मात्रै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिन्धुलीमा बजेट खर्च ३६ प्रतिशत मात्रै

bajet

काठमाडौं, २५ फागुन । चालु आर्थिक वर्ष ०७५/०७६ को दोस्रो चौमास अन्त्य हुन लाग्दा सिन्धुलीमा करिब ३६ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ। चालु आवमा जिल्लाका लागि संघीय सरकारका तर्फबाट विनियोजित ९४ करोड २६ लाख १६ हजार बजेटमध्ये हालसम्म ३३ करोड ५२ लाख ८७ हजार अर्थात् ३५.६२ प्रतिशत मात्रै खर्च भएको हो।

चालुतर्फ हालसम्म ५२.६० प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) सिन्धुलीले जनाएको छ। संघीय सरकारले पठाएको चालुतर्फको ६ अर्ब ६६ करोड ७७ लाख २८ हजारमध्ये तीन अर्ब ५० करोड ७१ लाख ४४ हजार खर्च भएको कोलेनिकाका कोष नियन्त्रक तथा सूचना अधिकारी सुरेशप्रसाद दाहालले जानकारी दिए।

‘संघीय सरकारले संघअन्तर्गतका कार्यालय, स्थानीय तह र आयोजनाका लागि चालु आवमा पुँजीगततर्फ ९४ करोड २६ लाख १६ हजार बजेट पठाएको थियो। संघीय सरकारले पठाएको बजेटमध्ये खर्च हुन बाँकी ६० करोड ७३ लाख २९ हजार रुपैयाँ चार महिनाभित्र खर्च गरिसक्नुपर्नेछ।

बजेट निकासा समयमै भए पनि गर्नु पर्ने निकायले समयमा काम सुरु गर्न नसक्दा खर्चमा ढिलाइ भएको दाहालले बताए। ‘यतिबेला विकासे बजेट सक्नुपर्ने हो। तर, झण्डै ६५ प्रतिशत बजेटको काम सुरु नै भएको छैन। यो प्रायः विकास निर्माण शीर्षकमा आएका बजेट हो। हिउँदभरि काम नुहँदा वर्षातमा गरेका कामले कुनै अर्थ राख्दैन’, उनले थपे।

हिउँदका १० महिना कामै नगरी बस्ने बाँकी दुई महिना बजेट सक्न रातारात झारा टार्ने काम यसपटक पनि दोहोरिने अवस्था आएको छ। कार्यालयका अनुसार कोलेनिकाबाट निकासा भएको ३५.६२ प्रतिशत रकम पनि सबै खर्च नभएको हुन सक्छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);