काठमाडौं, २३ फागुन । सांसद ह्दयेश त्रिपाठीले लामो समय बन्द रहेर संञ्चालनमा आएका चिनी मिल फेरी बन्द हुने सुचना सार्वजनिक भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको विहिबार बसेको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै उनले बन्द हुने सूचना प्रकाशित गरेका चिनिमिलमाथि अबिलम्ब हस्तक्षेप गरि संञ्चालनमा ल्याउन सरकारसंग माग गरे । उनले ती मिलहरुमाथि हस्तपक्षेप गरि संञ्चालनको व्यवस्था मिलाउन नसके हजारौ किसानहरु उखु जलाउन बाध्य हुने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले विरगञ्जस्थित विपि उद्यानलाई शहिद पार्क बनाउने प्रदेश सरकारको निर्णय दुरासयपुर्ण भएको भन्दै निर्णय सच्याउन माग गरिन्। उनले नेपाली कांग्रेस र कांग्रेसका नेताको इतिहास मेटाउने काम भए शसक्त विरोधमा उत्रने चेतावनी दिईन् ।
प्रदेश नम्बर २ को सरकारले गत माघ १६ गते शहीद दिवसका दिन विशेष कार्यक्रम गरि विपि उद्यानमा शहीद पार्क बनाउने भन्दै औपचारीक उद्घाटन गरेपछि नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको छ ।