कान्ति बाल अस्पतालमा तीन वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

कान्ति बाल अस्पतालमा तीन वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान

kanti bal hospital

काठमाडौं, २३ फागुन । वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौँमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपकरणबाट बालबालिकाको उपचार भइरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

कान्तिमा सिटी स्क्यान मेसिन खरिद गरिएको आठ वर्ष भयो । यो मेसिनको म्याद पाँच वर्ष मात्र थियो । तर, म्याद गुज्रिएको तीन वर्ष हुँदा पनि अस्पतालले नयाँ मेसिन खरिद गर्न सकेको छैन ।

‘अस्पतालको बजेटले कर्मचारीलाई तलब खुवाउन समेत मुस्किल छ, नयाँ उपकरण खरिद गर्ने हाम्रो आर्थिक हैसियत छैन,’ अस्पतालका निर्देशक डा. गणेश राईले नयाँ पत्रिकासँग भने । उपकरण खरिद गर्न अस्पतालले सरकारसँग पटकपटक तोकता गरेको छ । तर, अघिल्लो वर्ष भन्दा बजेट झन् घटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);