भारतले ट्रमा सेन्टरललाई दिएको ८ करोडको मेसिन स्टोरमै थन्कियो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतले ट्रमा सेन्टरललाई दिएको ८ करोडको मेसिन स्टोरमै थन्कियो

bir hospital

काठमाडौं, २२ फागुन । सरकारी अस्पातलले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएकाले खिया लागेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सअन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा तीन वर्षअघि ल्याइएको सिटी एन्जिओग्राम (क्याथ ल्याब) सञ्चालनमा आउन सकेको छैन । त्यस्तै अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि विगत एक वर्षदेखि थन्किएर बसेको छ । भारतले बनाइदिएको ट्रमा सेन्टरमा क्याथ ल्याब पनि उसैले अनुदान दिएको हो । तर सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचनका अनुसार सिटी स्क्यान राख्ने कोठाको व्यपस्थापन भएको छैन । मेसिन ०७२ मै आएको हो । अहिलेसम्म जडान हुन सकेको छैन ।

चार वर्षअघि सञ्चालनमा आएको ट्रमा सेन्टरमा सिटी स्क्यान मेसिन बिग्रिएरको अढाई वर्ष भयो । ६ महिनादेखि इमर्जेन्सी एक्सरे मेसिनसमेत बिग्रिएकाले बिरामीलाई सेवा दिन समस्या भएको छ । घाइतेलाई अस्पताल ल्याउन साथ निजीतिर पठाउने गरिएको छ । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);