गण्डकी अस्पतालमा सिटि स्क्यान तत्काल ब्यबस्थापन गर्न अनेरास्ववियुको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

गण्डकी अस्पतालमा सिटि स्क्यान तत्काल ब्यबस्थापन गर्न अनेरास्ववियुको माग

पोखरा । गण्डकी प्रदेशको प्रमुख सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ९ गण्डकी अस्पताल ० मा सिटि स्क्यान लगाएत महत्वपुर्ण उपचार सामग्रीहरुको तत्काल ब्यबस्थापन गर्न अनेरास्ववियुले माग गरेको छ ।

आइतबार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा।डुक बहादुर क्षेत्री लाई भेटेर अनेरास्ववियु गण्डकी प्रदेशका संयोजक प्रकाश पौडेलले ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । कार्यक्रममा अनेरास्ववियुका स्थायी कमिटि सदस्य अर्जुन अधिकारी, प्रदेश कमिटि सचिव आरके पोख्रेल, सचिवालय सदस्य अन्जली लम्साल, र प्रतिक्षा पौडेलको उपस्थिति रहेको थियो ।

अस्पतालका अत्यावश्यक स्वास्थ्य उपकरणहरु संचालनमा नहुँदा सयौँ बिरामीहरु प्रत्यक्ष समस्यामा रहेकाले यथाशिघ्र संचालन गर्नका लागि ध्यानाकर्षण गराईएको संयोजक पौडेलले जानकारी दिए । अस्पतालमा रहेका उपकरणहरुको मर्मत नगरि नयाँ खरिद गर्न खोजिनु र नयाँ उपकरण पनि समयमै खरिद हुन नसक्नुले आशंका पैदा गरेको अनेरास्ववियुको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझदै उपकुलपति डा। क्षेत्रीले सिटि स्क्यान खरिदका लागि ठेक्का दिइएको तर ठेकदारले ढिलाई गरेकाले भोली नै वोलाएर तुरुन्त उपकरण ल्याउन निर्देशन दिने बताए ।

बिगत १ बर्षदेखि नै अस्पतालमा सिटि स्क्यान उपकरण नहुँदा गण्डकी प्रदेश भरिकै बिरामीहरुलाई समस्या भएको छ । अनेरास्ववियुले अस्पतालको समग्र व्यवस्थापनमा सुधार ल्याउन र सेवा प्रवाहलाई चुस्त बनाउनका लागि प्रशासनलाई निरन्तर दवाब र खबरदारी गरिरहने संयोजक पौडेलले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);