हुँवा गुइदोलाई चुनौति दिँदै राष्ट्रपति मदुरोद्वारा साम्राज्यवादी विरोधी मार्च आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

हुँवा गुइदोलाई चुनौति दिँदै राष्ट्रपति मदुरोद्वारा साम्राज्यवादी विरोधी मार्च आह्वान

nikolas maduro

काठमाडौं, २२ फागुन । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफूलाई सत्ताबाट हटाउने प्रयासमा लागेकालाई हराएरै छोड्ने बताएका छन् ।

विपक्षी नेता हुँवा गुइदोलाई चुनौति दिँदै राष्ट्रपति मदुरोले शनिबारका लागि ‘साम्राज्यवादी विरोधी मार्च’ आह्वानसमेत गरेका छन् । आफ्ना राजनीतिक गुरु ह्युगो चावेजको निधन भएको छैटौं वर्षगाँठ पुगेको दिनमा भएको कार्यक्रमा राष्ट्रपति मदुरोले केही अल्पसंख्यक विरोधीहरुले घृणा तथा द्वेषको यात्रा कायम राखेको भन्दै त्यो उनीहरुकै समस्या भएको बताए । सेनाका अधिकारी सहित उपस्थित कार्यक्रममा मदुरोले विपक्षीको बाटो जसरी भए पनि रोक्ने प्रतिबद्धता व्यक्त गरे ।

चावेज र देशको समृद्ध इतिहासका लागि विपक्षीलाई हराउनु पर्ने उनको भनाइ थियो । अदालतको आदेशको अवज्ञा गर्दै विपक्षी नेता हुँवा गुइदो दक्षिण अमेरिकी देशको भ्रमण गरेर फर्किएपछि राष्ट्रपति मदुरोको आक्रोसपूर्ण भनाइ सार्वजनिक भएको हो । सर्वोच्च अदालतले लगाएको भ्रमण प्रतिबन्ध उल्लंघन गर्दै समर्थन बलियो बनाउनका लागि छिमेकी देश गएका गुइदो सोमबार काराकास फर्किएका थिए । भेनेजुएलामा हजारौं मानिसले अहिलेका राष्ट्रपति निकोलस मदुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षीय गुइदोले मदुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।