ओलि नेतृत्व सरकार काण्डहरुको अर्को नाम हो: नेता किशोर सिङ राठौर | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

ओलि नेतृत्व सरकार काण्डहरुको अर्को नाम हो: नेता किशोर सिङ राठौर

kishor shigh rathod

राजापुर, २० फागुन । बर्दिया – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् माननीय किशोर सिङ राठौरले केपि ओलि नेतृत्वको अहिले सरकार काण्डहरुको अर्को नाम भएको बताएका छन् ।

नेता राठौरले यो सरकारले महिनौ अघिका अपराधका काण्डहरुलाई ढाक छोप गरेको पनि आरोप लगाए । भ्रष्टाचार र बलात्कारका दोषीलाई कार्वाहीको दायरा नलायएर यो सरकारले आफुलाई निकम्मा घोषणा गरेको पनि उनको तर्क छ । आइतबार राजापुर नगरपालिकामा रहेको अमर शहीद बहुमुखी क्याम्पसमा सरस्वती मन्दिरको शिलान्यास गर्दै नेता राठौरले सरकारले स्कुलका ढोका नदेखेका गरिब तथा विपन्न परिवारका बालबालिकालाई स्कुलसम्म पुर्याउन नसकेको भन्दै नेता राठौरले यो सरकारले रेलका सपना देखाउनु भन्दा दुर्गममा शिक्षाको पहुँचमा ध्यान दिन पनि सुझाव दिए ।

विश्वका अधिकांश मुलुकले शिक्षाकै कारण विकासमा फड्को मारेको भन्दै नेता राठौरले हामी पनि समृद्ध मुलुक बनाउनलाई पहिला शैक्षिक सुधार र शिक्षाको विस्तारमा लाग्नु पर्ने जिकिर गरे । फरक प्रसंगमा नेता राठौरले अहिले नेपालमा अनुशासित युवाहरुको कमि भएको भन्दै अनुशासित युवा उत्पादन गर्न तिर सबै अभिभावक लाग्नु पर्ने पनि औल्याएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);