सिरियामा आइएसको कब्जामा रहेको भूभागमा सामूहिक चिहान फेला | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

सिरियामा आइएसको कब्जामा रहेको भूभागमा सामूहिक चिहान फेला

mass grave syria

एजेन्सी , १८ फागुन । सिरियामा अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वको फौजले सामुहिक चिहान फेला पारेको छ । सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्ध लडिरहेका अमेरिका समर्थित सिरियाली कुर्दिस लडाकु नेतृत्वको फौजले इस्लामिक स्टेटको कब्जामा रहेको भूभागमा समूहिक चिहान फेला पारेको जनाएको हो ।

सिरियाको डिएर एजजोर प्रान्तको बघुज शहर नजिक इस्लामिक स्टेटबाट मारिएका दर्जनौँ याजिदीको शव गाडिएको अवस्थामा सिरियाली कुर्दिस लडाकु नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफ फौजले सामूहिक चिहान फेला पारेको एसडीएफका कमाण्डर अदनान अफ्रिनले जनाएका हुन । शवहरु पहिचान नै हुन नसक्ने गरी सडेको अवस्थामा रहेको बताइएको छ ।

यसैबीच बाघुज क्षेत्रमै एसडिएफले आफ्ना २४ लडाकुलाई रिहा गरेको जनाएको छ । रिहा गरिएका आफ्ना लडाकुबारे अन्य विवरण भने सार्वजनिक गरिएको छैन ।

ताजा समाचार