काठमाडौं, १२ फागुन । आगामी चैत दोश्रो हप्ताबाट काठमाडौंको भृकुटीमण्डमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आईतबार राजधानीमा पत्रकार सम्मेलन गरि मेलाबारे जानकारी गराएको हो ।
मेलामा महासंघका अध्यक्ष भवानी राणाले नेपाली उत्पादन र वस्तु विश्वसामु चिनाउनुको साथै विश्व बजारीकरणको लागि ठुलो सहयोग पुग्ने बताइन् । मेलामा भारत पाकिस्तान, बंगलादेश , चीन, थाइल्याण्ड, म्यानमार लगायत मुलुकको सहभागिता रहनेछ ।
चैत १४ देखि १८ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा संचालन हुने मेलामा ३ सय बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।




