२ हजार तिर्न नसक्दा गाउँ ‘अनागरिक’, साहुकहाँ थन्कियो नागरिकता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२ हजार तिर्न नसक्दा गाउँ ‘अनागरिक’, साहुकहाँ थन्कियो नागरिकता

garib

काठमाडौं, १२ फागुन । जनकपुरधाम – ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौदेखि साहुको सन्दुकमा थुनिएको छ । सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सुरक्षा भत्तालगायत राज्यका सेवा सुविधाबाट बञ्चित छिन् ।

उनको छोरा मुनेश्वरले रामअशिष यादलकहाँ बुवाको नागरिकताको बन्धकी राखेर २ हजार ऋण लिएका थिए । तर, उनले पैसा फिर्ता गर्न सकेनन् । नागरिकता फर्किएन । ‘साहु महाजन’को ताकेता र परिवारको दबाब झेल्न नसकेर मुनेश्वरले गाउँ छाडे ।

धनुषा लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडामा ४४ मुसहर परिवारको बसोबास छ । वरिपरि पक्की भवन ठडिएका छन् । मुसहर समुदायलाई भने वषौँदेखि रोग, भोक, र शोकले सताएको छ । यो समाचार अन्नपूर्णमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);