फागुन ३० देखि देशैभर ग्यास विक्रि-वितरण ठप्प पार्ने व्यवसायीकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

फागुन ३० देखि देशैभर ग्यास विक्रि-वितरण ठप्प पार्ने व्यवसायीकाे चेतावनी

काठमाडौं, ८ फागुन । ग्यास व्यवसायीहरुले सरकारले आफूहरुले राखेका माग सम्बोधन नगरे देशैभरका सम्पूर्ण एलपी ग्यास उद्योगहरु बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी फागुन २८ गते देखि मुलुकभरका सम्पूर्ण एलपी ग्यास उद्योगहरु बन्द गर्ने र ३० गते देखि सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्रि वितरण ठप्प पार्ने जनाएको छ ।

संघले फागुन १६ गतेसम्म माग सम्बोधन नभए १७ गते देखि एलपी ग्यासको पिडिओ खरिद ठप्प पार्ने, सबै रिफाईनरीहरुबाट एलपी ग्यास लोडिङ्ग बन्द गर्ने, एलपी ग्यास लोड भएका बुलेटहरु भन्सार नाकाबाट नछुटाउने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीले अनधिकृत उद्योग इजाजत, नेपाली बुलेट संचालनमा ढिलाई, बिमा लगायतका माग अझै सम्बोधन हुन नसकेकाले आफुहरु काम ठप्प पार्न बाध्य हुने चेतावनी दिए ।

संघले ग्यास उद्योगको संचालन खर्च र विक्रेता/वितरकहरुको कमिशन निर्धारण गर्न संघको प्रतिनिधि रहने गरि छुट्टै समिति गठन गर्नुपर्ने समेत माग राखेको छ । संघले नेपाल आयल निगमको एलपी ग्यास विनियमावली २०६५ संशोधन गर्नु पर्ने माग पनि अघि सारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);