सरकारलाई दबाव दिन आन्दोलनरत चिकित्सकद्वारा रक्तदान कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

सरकारलाई दबाव दिन आन्दोलनरत चिकित्सकद्वारा रक्तदान कार्यक्रम

chikitsak raktadan karyakram

फूलमाया आले

काठमाडौं, ७ फागुन ।  आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले सरकारलाई दबाव दिन सांकेतिक रुपमा माइतीघर मण्डलामा रक्तदान कार्यक्रम गरेको छ । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकप्रति असहमती जनाउर्दै आएको गोदानले यसअघि सार्वजनिक गरेको विरोधका कार्यक्रम अन्र्तगत मङ्गलबार रक्तदान कार्यक्रम गरेको हो । सरकारले आफना माग सम्बोधन नगरेको भन्दै बुधबार देशभरका सरकारी चिकित्सकले सामुहिक बिदामा बस्ने चेतावनी दिएका छन ।

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकप्रति असन्तुष्टि जनाउर्दै सरकारी चिकित्सक संघ नेपाल (गोदान) लामो समयदेखि आन्दोलनरत छ । उनीहरुले प्रतिनिधिसभा बाट पारित उक्त विधेयक सरकारले नसच्याए सामूहिक राजीनामा दिने चेतावनी सहित चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेका छन ।

गोदानले गत आइतबार दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । घोषणा गरेको कार्यक्रम अनुरुप सरकारलाई सांकेतिक रुपमा दबाद दिन तथा आफूहरूको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै मङ्गलबार माइतीघर मण्डलामा रक्तदान कार्यक्रमको आयोजना गरे । सरकारी चिकित्सकले आफ्ना घोषित कार्यक्रम अन्र्तगत बुधबार देशैभर कार्यरत सरकारी चिकित्सकहरु सामुहिक बिदामा बस्ने जनाएका छन ।

लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले माग सम्बोधनका लागि कुनै पहल नगरेको उनीहरुको गुनासो छ । चिकित्सकहरुले विरोधको रुपमा आयोजना गरेको रक्तदान कार्यक्रम विश्वमा अहिलेसम्म कुनै पनि देशका चिकित्सकहरुले नगरेको दावी गरेका छन ।

गत पुष २९ गते सरकारले आफूहरुसँग गरेको ८ बुदे सहमती कार्यान्वयन नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको चिकित्सकहरुको भनाई छ । सरकारले ल्याएको कर्मचारी समायोजन बिधेयकले सरकारी चिकित्सकको बृत्ति बिकास रोकेको आन्दोलनरत चिकित्सकको भनाई छ ।

देशभर २४ हजार चिकित्सक कार्यरत रहेकोमा त्यसमा सरकारी चिकित्सको संख्या १४ सय मात्र छ । गोदानको घोषित अन्य कार्यक्रम अन्तर्गत आउँदो बिहीबार सामूहिक राजीनामा संकलन गरेर सरकारलाई बुझाउने रहेको छ । त्यसो गर्दा पनि माग सुनुवाई नभए चिकित्सकहरुले सबै सरकारी अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरू गर्ने चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);