सुदूरपश्चिम प्रदेश सभामा बुधवार प्रधानमन्त्रीले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभामा बुधवार प्रधानमन्त्रीले सम्बोधन गर्ने

kp oli

कैलाली, ७ फागुन । सुदूरपश्चिम प्रदेश सभाको तेश्रो अधिवशनको आठौँ बैठकलाई बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री आउने भएपछि अहिले प्रदेश सभाहललाई सजाउन थालिएको छ ।

प्रधानमन्त्री ओलीले बैठकमा सम्बोधन गर्नेे भएपछि प्रदेश सभामा त्यसको तीव्र तयारी भइरहेको छ । प्रदेश सभा आसपासमा सरसफाइ र रङरोगन समेत भइरहेको छ । प्रदेशमा अहिले सुरक्षा सतर्कता समेत बढाइएको छ ।

बुधवार सुदूरपश्चिम प्रदेशको बैठक सम्बोधन गर्नको लागि प्रधानमन्त्री ओली मंगलबार नै धनगढी आइपुग्ने छन् । बुधवार बिहान ९ बजे प्रधामन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);