प्रधानमन्त्री ओलीद्वारा आज सुदुरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा आज सुदुरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन

Nepal's Prime Minister Khadga Prasad Sharma Oli

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशमा हिंसा फैलाउन खोज्नेलाई नछोड्ने बताएका छन् ।

बुधवार धनगढी स्थित प्रदेश सभाको बैकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले देशमा अराजकता फैलाउन खोज्नेका गतिविधिलाई सरकारले नजिकबाट नियालीरहेका भन्दै त्यसमा सरकार धेरै समय चुप लागेर नबस्ने उल्लेख गरे ।

उनले जनताले एउटा दललाई स्पष्ट बहुमत दिएकाले सरकारले त्यही अनुसार काम गर्ने बताए । प्रधानमन्त्री ओलीले सरकारले स्पष्ट नीति र भिजनका साथ काम गरिरहेकाले क्रान्तिका कुरा गरेर हिंसा फैलाउन खोज्नु अपराध भएको धारणा राखे ।

प्रधानमन्त्री ओलीले प्रदेश सभाको बैठकमा सम्बोधन गरिसकेपछि धन्यवाद दिने क्रममा भने प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरुले प्रदेश सभाको बैठक बहिष्कार गरेका थिए । प्रधानमन्त्री ओलीले यस अघि विभिन्न प्रदेश सभाका बैठकलाई सम्बोधन गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);