इलाम, ७ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले जनताका आधारभुत कुरा पनि सरकारले सम्वोधन गर्न नसकेको आरोप लगाएका छन् ।
युवा नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार देशमा सुशासन कायम गर्न असफल भएको आरोप समेत लगाएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति इलामले सोमबार सदरमुकाममा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले, दुई तिहाई बहुमतको सरकार भएर पनि जनताका आधारभुत कुरालाई समेत सम्बोधन गर्न नसकेको आरोप लगाए ।
सरकार विरुद्ध कडा भाषण गरेका नेपाली काँग्रेसका नेता गगन थापाले आफ्नै पार्टीका नेता विरुद्ध पनि कडा रुपमा बोलेका थिए । उनले आफ्ना पार्टीका नेताहरुले वैचारिक सिद्धान्त त्यागेका कारण कांग्रेस सत्ता बाहिर बस्नु परेको बताए । प्रतिपक्षमा बसेर पनि काँग्रेसले सशक्त भूमिका खेल्ने भन्दै नेता थापाले कार्यकर्तालाई निराशा नहुन आग्रह गरे ।