गायक पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने कांग्रेस सांसदको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गायक पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने कांग्रेस सांसदको घोषणा

काठमाडौं, ६ फागुन । गायक पशुपति शर्माले गाएको गीतले संसदमा पनि प्रवेश पाएको छ । प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंह र नेकपाका सांसद झपट रावलबीच जुहारी नै चल्यो ।

कांग्रेस सांसद सिंहले गायक शर्माले गाएको गीतलाई प्रतिबन्ध लगाइएको भन्दै सरकारको आलोचन गर्दै गायक शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरे ।

सांसद सिंहभन्दा पछि बोलेका नेकपाका सांसद रावलले कांग्रेस सांसद् सिंहको प्रत्युत्तरमा यो गीत माननीय सांसदले गाएमा आफुले २५ हजार पुरस्कार दिने घोषणा गरे ।

गायक शमाले ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ बोलको गीत बजारमा ल्याए पछि सत्तापक्षका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);