एक वर्ष भित्र रेडियो नेपाल सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण हुन्छ : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एक वर्ष भित्र रेडियो नेपाल सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण हुन्छ : सञ्चारमन्त्री

gokul baskota

काठमाडाैं, २० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले रेडियो नेपाललाई एक वर्ष भित्र सार्वजनिक प्रशारण संस्थामा रुपान्तरण गर्ने घोषणा गरेका छन् । मन्त्री बास्कोटाले रेडियो नेपालका जनशक्ति, भौतिक पूर्वाधार र प्रविधिको प्रयोगमा आमुल परिवर्तन हुने गरी सार्वजनिक पसारण संस्थाको रुपमा विकास गर्न लागिएको बताए ।

बुधबार रेडियो नेपालको ६९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले रेडियो नेपाल मुलुकको कुनाकन्धराका जनताको आवाज बन्नुपर्ने आवश्यक्ता पनि औंल्याए । मन्त्री बास्कोटाले रेडियो नेपालले स्थानीय भाषाको समाचार स्थानीय तहबाटै प्रसारण गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

मन्त्री बास्कोटाले रेडियो नेपालको जमिन लगायतको सम्पत्तिहरुको सदुपयोग गरेर अघि बढ्ने योजना पनि अघि सारे । कार्यक्रममा वरिष्ठ गायक भजन शिरोमणि भक्तराज आचार्य, जनवादी गायक जेबी जुहुरेलाई ५१ हजार नगदसहित ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान’ पुरस्कार पनि प्रदान गरिएको थियो ।

मन्त्री बास्कोटाले नेपाली गीत, संगीत र संस्कृतिको क्षेत्रलाई अघि बढाउन नयाँ पुस्तालाई प्राथमिकता दिन पनि रेडियो नेपालका पदाधिकारीहरुलाई सचेत गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);