कांग्रेस सांसद सुनिल शर्मा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सामाजिक सञ्जाल मार्फत जानकारी दिए ।

शर्माले कांग्रेस सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका थिए । डाक्टरको नक्कली सर्टिफिकेट बनाएको आरोपमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको बताइएको छ ।

शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको बुझीएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);