राजनीति दबाव पछि पशुपति शर्माको गीत यूटुबबाट हट्दा सामाजिक संजालमा सरकारको चर्काे आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

राजनीति दबाव पछि पशुपति शर्माको गीत यूटुबबाट हट्दा सामाजिक संजालमा सरकारको चर्काे आलोचना

pashupati sharma

अप्सरा गौतम

काठमाडौं, ५ फागुन । गीत संगीतलाई मनोरञ्जनको साधनका रुपमा लिइन्छ । तर, पछिल्लो समयमा गीत संगीत माथिनै राज्यले अकुंश लगाउन थालेको छ । उदाहरणका लागि भर्खरै मात्र पशुपति शर्माले गाएको “लुट्न सके लुट कान्छा, नेपाममै हो छुट” भन्ने गीत पनि एक हो ।

गीत संगीतले मानिसहरुलाई मनोरञ्जन मात्र हैन, समाजका राम्रा नराम्रा पक्षको समेत उजागार गर्दछ । अझ पछिल्लो समयमा देशका समसामयिक घट्नाहरुलाई समेत गीत संगितले व्यङ्ग्य कसेका धेरै उदाहरणहरु छन् । त्यसमध्येको एक हो, भरखरै मात्र पशुपती शर्माले गाएको “लुट्न सके लुट कान्छा, नेपाममै हो छुट“ भन्ने गीत पनि एक हो ।

त्यतिमात्र हैन, यो गीतमा ‘वाइड बडी’ को भ्रष्टाचारीमाथि कारवाही नभएको, सुब्बा÷ खरदारले भ्रष्टाचार गर्ने गरेको, अर्बाेको हेलिकप्टर राष्ट्रपतिलाई किनेको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउने जस्ता शव्दहरु उल्लेख छन् ।

गत शुक्रवार मात्र यूटुवमा अपलोप्ड गरिएको यो गीत दुई दिनमा ४ लाख भन्दा वढीले हेरेका थिए । तर, यो गीत सुनेपछि देशका उच्च सरकारी अधिकारी समेत अहिले झस्केका छन् । अझ यूवा संघले त यो गीत हटाउन दवाव दिएपछि गायक पशुपति शर्माले आफ्नो यूटुव च्यानल बाट गीत हटाउँदै फेसबुकमा स्टाटस लेखेका छन्, आफुले कुनै राजनीति आग्रह पूर्वाग्रह राखेर नबनाएको, तर, समावेश केही शब्दहरुमा केही शुभ चिन्तकहरुको असन्तुष्टि रहेकाले गीत युटुव बाट हटाउने निर्णय गरेको उल्लेख गरेका छन्, त्यसैगरी, स्टाटसको अन्त्यमा लेखेका छन्, अन्त्यमा म पनि यही देशको एक सचेत नागरिकका साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि उल्लेख गरेका छन् ।

हुनत गायक पशुपति शर्माले विगतमा पनि देशको समसामायिक विषयलाई जोडेर अरु गीतहरु पनि लेखेका छन् । त्यसमध्येको मलाई अमेरिका पनि यही, जापान पनि यही पनि हो । यो गीतले मानिसहरुलाई मनोरञ्जन मात्र हैन, देशमा प्रसस्त सम्भावना भएको समेत दर्शाउँथ्यो । तर, एकाएक शर्माले “लुट्न सके लुट कान्छा, हाम्रो देशमै हो छुट” भन्ने निराशाजनक गीत किन गाए र यो गीतबाट किन राज्य झस्कियो भन्ने विषय अहिले सामाजिक संजालमै बहसको विषय बनेको छ । जनबादी गायक रायनले सत्तालाई टिकाउन तथा सरकार गीत बाट तर्सैर यस्तो निर्णय गरिएको हुन सक्ने बताउँछ्न् ।

पछिल्लो समयमा देश भ्रष्टचारले आक्रान्त बनेको छ । भ्रष्टचारीहरु खुलेआम हिडिरहेका छन्, दैनिक अपराधका घटना वढेको वढ्यै छ । तर, सरकारको ध्यान त्यता नगएको भन्दै पूर्वप्रधानमन्त्री बावुराम भट्टराई, विवेकशिल साझा पार्टी लगायतले समेत गीत माथिको अंकुश प्रति आपत्ती जनाएका छन् ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);