साउदी अरबले पाकिस्तानका लागि २० अर्ब अमेरिकी डलर आर्थिक सहयोग दिदैँ | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

साउदी अरबले पाकिस्तानका लागि २० अर्ब अमेरिकी डलर आर्थिक सहयोग दिदैँ

saudi arab-pakisthan

काठमाडौं, ६ फागुन । साउदी अरबले पाकिस्तानका लागि २० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता दिने भएको छ ।

पाकिस्तान भ्रमणमा रहेका साउदी अरबका राजकुमार मोहमद बिन सलमानले पाकिस्तानलाई २० अर्ब डलर बराबरको सहायता दिने सम्झौतामा हस्ताक्षर गरेका छन् । अघिल्लो वर्ष आर्थिक वृद्धि दर ५ प्रतिशतले वृद्धि गरेकाले पाकिस्तानको भविष्य उज्ज्वल रहेको भन्दै मोहमद बिन सलमानले पाकिस्तानलाई साउदीले आर्थिक सहयोग गरेको बताएका छन् ।

यसअघि राजकुमार सलमानलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री खानले साउदी अरबमा रहेका आफ्ना देशका मजदुरले भोगेका दुःखका बारेमा राजकुमार सलमानको ध्यानाकर्षण गराएका थिए । २५ लाख पाकिस्तानी नागरिक साउदीमा रहेको जानकारी दिँदै प्रधानमन्त्री खानले उनीहरुमाथि कुनै प्रकारको भेदभाव नहोस् भन्ने चाहना ब्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);