पूर्वआयुक्तलाई ११ वर्षसम्म कैद हुन सक्ने, कारबाही गर्न सरकारले चासो दिएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

पूर्वआयुक्तलाई ११ वर्षसम्म कैद हुन सक्ने, कारबाही गर्न सरकारले चासो दिएन

Raj-Narayan-pathak

काठमाडौं, ६ फागुन । घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथिको कारबाही अन्योलमा परेको छ । सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ । कुनै पनि विषयमा विस्तृत छानबिन गर्न आयोगको बोर्ड बैठकले निर्णय गर्नुपर्ने हुन्छ । ‘हामीमाथि धेरै दबाव रहेको बुझेका छौँ,’ आयोगका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘यो हप्ताभित्र केही निर्णय हुन्छ ।’

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए ।