२८ वाणिज्य बैंकले ६ महिनामै ३१ अर्ब नाफा कमाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

२८ वाणिज्य बैंकले ६ महिनामै ३१ अर्ब नाफा कमाए

rastriya-banijya-bank

काठमाडौं, १ फागुन । सञ्चालनमा रहेको २८ वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ३० अर्ब ८१ करोड खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकहरूले आर्जन गरेको मुनाफा गत आवको सोही अवधिको तुलनामा २९ दशमलव ४८ प्रतिशतले बढी हो । गत आवको पुस मसान्तसम्ममा २८ वाणिज्य बैंकहरूको खुद नाफा २३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।

वितरण मुनाफा २७ अर्ब
चालू आवको दोस्रो त्रैमासमा बैंकहरूको वितरणयोग्य मुनाफा अर्थात् फ्री प्रोफिट २७ अर्ब ११ करोड रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १९.९५ प्रतिशतले बढी हो । गत आवको पहिलो ६ महिनामा यस्तो मुनाफा २२ अर्ब ६० करोडमा सीमित रहेको थियो । नाफा बढेसँगै बैंकहरूको लाभांश वितरण गर्ने क्षमतामा पनि वृद्धि भएको छ ।

१० बैंकको फ्री प्रोफिट अर्बभन्दा बढी
१५ वाणिज्य बैंकहरूले १ अर्बभन्दा बढी नाफा आर्जन गरे पनि १० बैंकहरूको मात्र वितरणयोग्य मुनाफा अर्थात् फ्री प्रोफिट १ अर्ब नाघेको छ । १ अर्बभन्दा बढी नाफा आर्जन गरेका स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको फ्री प्रोफिट भने १ अर्बभन्दा कम रहेको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);