निष्क्रिय कर्जा बढेसँगै बैंकहरूको नाफा ४६ अर्ब ३८ करोडमा सीमित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

निष्क्रिय कर्जा बढेसँगै बैंकहरूको नाफा ४६ अर्ब ३८ करोडमा सीमित

काठमाडौं,३० चैत्र । अर्थतन्त्रमा देखिएको शिथिलताबाट बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजनिङ’ बढेसँगै नाफा प्रभावित भएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनामा बैंक तथा वित्तीय संस्थाले ४६ अर्ब ३८ करोडमात्र नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आव यहि अवधिमा ५३ अर्ब ६० करोड कमाएका बैंक तथा वित्तीय संस्थाको नाफा १५ दशमलव .५७ प्रतिशतले घटेको हो । चालु आर्थिक बर्षमा बैंक तथा वित्तीय संस्थाले सम्भावित कर्जा नोक्सानीका लागि ५५ अर्ब ८७ करोड रुपैयाँ प्रोभिजन गरेका छन् । गत आव सोही अवधिमा ३६ अर्ब ५५ करोड मात्रै प्रोभिजनिङ गरेकोमा यसपाली प्रोभिजनिङ बढे पनि नाफा घटेको हो । एकातिर अर्थतन्त्रमा देखिएको शिथिलताले व्यवसाय बढ्न नसक्दा आम्दानी बढ्न नसक्ने र कर्जा असुली प्रभावित भएर नोक्सानी व्यवस्थ गर्न गरेको प्रोभिजन बढ्दै जाँदा बैंकहरूको नाफा प्रभावित भएको हो । चालु आव आठ महिना २० वाणिज्य बैंकले ४२ अर्ब ३१ करोड नाफा आर्जन गरेका छन् । गत बर्षको यहि अवधिमा ४८ अर्ब ८३ करोड नाफा थियो ।

चालु आव मात्रै वाणिज्य बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि ४८ अर्ब ५५ करोड प्रोभिजन गरेका छन् । जसले नाफा प्रभावित भएको हो । यस्तै विकास बैंकहरूको नाफा आठ महिनामा ३ अर्ब ५१ करोड पुगेको छ । गत आवमा ३ अर्ब ७८ करोड नाफा आर्जन गरेकोमा चालु आवमा घटेको छ । सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजन बढ्दै जाँदा विकास बैंकहरूको पनि नाफा घटेको छ ।

गत आव आठ महिनामा विकास बैंकहरूले ४ अर्ब ५३ करोड प्रोभिजन गरेकोमा चालु आव सोही अवधिमा ६ अर्ब ३२ करोड प्रोभिजन गरेका छन् । यस्तै फाइनान्स कम्पनीले चालु आव आठ महिनामा ५६ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । गत आव सम्भावित कर्जा नोक्सानीका लागि १ अर्ब १ करोड प्रोभिजन गरेकोमा चालु आव १ अर्ब प्रोभिजन गरेका छन् । वाणिज्य बैंकहरूलाई प्राथमिक पूँजीकोषको दबाब बढ्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);