टिचिङको गेटमै मोलमोलाई, राम्ररी नहेरी निजीमा गरिन्छ सिधै रेफर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टिचिङको गेटमै मोलमोलाई, राम्ररी नहेरी निजीमा गरिन्छ सिधै रेफर

teaching

काठमाडौं, १ फागुन । अस्पतालको मूल ढोकाभित्र छिर्दा बिरामीहरू चिकित्सकको व्यग्र प्रतीक्षामा देखिन्छन् । आफन्तहरू निराशजस्ता देखिन्छन् । हस्याङफस्याङ गर्दै उनीहरू चिकित्सकको खोजी गरिरहेका भेटिन्छन् । अस्पतालका शøयामा बिरामीहरू छट्पटिरहेका छन् तर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको ध्यान यसतर्फ खासै गइरहेको देखिँदैन । निर्धारित समयमा अस्पतालमा आउनुपर्ने धेरै चिकित्सक अस्पतालमा देखिँदैनन् ।

अस्पतालका केही चिकित्सकहरू भने अस्पतालमा बेड नभएको बहाना बनाउँदै गम्भीर बिरामीलाई राम्ररी हेर्दै नहेरी निजी अस्पतालमा रेफर गर्न आतुर देखिएका छन् ।

एक्कासि छाती दुख्ने समस्याबाट पीडित काठमाडौंकी ८१ वर्षीया रमिता श्रेष्ठ आइतबार बेलुकी अस्पतालमा भर्ना भएकी थिइन् । इमर्जेन्सी वार्डमा उनको उपचार भइरहको छ । उनलाई अस्पतालको बेडमा भर्ना गरेर उपचार गर्नुपर्नेमा अन्यत्रै रेफर गर्न अस्पताल प्रशासनले दबाब दिइरहेको छ ।

उनका आफन्त समित श्रेष्ठले भने, ‘के गर्नु आकस्मिक कक्ष (इमरजेन्सी)मा ल्याइयो । चिकित्सकले भर्ना गर्नुपर्ने भनेका छन् । तर, अस्पताल प्रशासनले अन्यत्रै रेफर गर्नुहोस्, भर्ना गर्ने ठाउँ छैन भनेका छन् ।’

बाहिर केही व्यक्तिहरू एम्बुलेन्स तथा ट्याक्सीनजिकै कुनै अस्पतालमा बिरामीलाई लैजान कुराकानी गरिरहेका देखिन्छन् । टिचिङले कतिबेला बिरामी रेफर गर्ला र त्यसरी रेफर गरिएका बिरामीका आफन्तसँग मोलमोलाई गरी आफ्नै अनुकूलको अस्पतालमा लैजान पाउँला भन्ने आसमा ती व्यक्तिहरू मोलमोलाई गरिरहेका देखिए । टिचिङकै कतिपय कर्मचारीहरूमाथि समेत बिरामी रेफर गरेर अन्य अस्पतालसँग कमिसन खाने गरेको आरोप लाग्दै आएको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);