जनयुद्धमा होमिएका कोहि पनि अविवेकी थिएनन् : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जनयुद्धमा होमिएका कोहि पनि अविवेकी थिएनन् : प्रचण्ड

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका योद्धाहरुले समाजमा स्थापित हुन अझै आफुलाई प्रमाणित गर्नुपर्ने देख्दा दुख लागेको बताएका छन् । तत्कालिन नेकपा माओवादीको जनयुद्धका कमान्डर समेत रहेका नेकपा युवा नेता सरल सहयात्रीको उपन्यास शिखरको ढुङ्गा नामक पुस्तकको बिमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपाका अध्यक्ष प्रचण्डले जनयुद्धमा होमिएका हरेक योद्धा आफैमा उत्कृष्ट व्यक्ति हुँदाहँुदै पनि अहिले समाजमा आफुलाई उभ्याउन प्रमाणित गर्नु परेको देख्दा दुख लागेको बताए । तर पछिल्लो समय देशलाई युगान्तकारी परिवर्तनको लागि लडेका योद्धा बिभिन्न क्षेत्रबाट राज्यको मूलप्रवाहीकरणमा बिस्तारै आएको आभास हुन थालेको उनको भनाइ थियो ।

यसले समाजले भने जस्तो जनयुद्धमा होमिएका कोहि पनि अविवेकी थिएनन् भन्ने प्रमाणित गरेको भन्दै अध्यक्ष प्रचण्डले खुसि व्यक्त गरे ।

अहिलेको परिवर्तनका लागि जनयुद्धमा लागेका सबैको महत्वपूर्ण भूमिकाको कारणले देशमा समाजवादको महायात्रामा देश अगाडी बढेको पनि अध्यक्षले बताए । शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासको माध्यमले समाजवादतर्फ जान सकिने उदाहरण पनि नेपालले दिएको नेकपा अध्यक्षको तर्क छ ।

लेखक सरल सहयात्रीले जीवनको विभिन्न काल खण्डलाई र आफु जनयुद्धमा हँुदा देखे भोगेका बिषयलाई उपन्यासको रुपमा पाठक माझ ल्याएका छन् । लेखक जनयुद्धका पुर्व कमान्डर थिए भने उनले सगरमाथाको सफल आरोहण समेत गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);